आज बिहान नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बिहान ३:०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिएका छन् ।
उक्त दुर्घटनामा गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको बताईएको छ । दुर्घटनाका घाइतेमध्ये २ जनाको भरतपुर अस्पताल र ३ जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।