Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

घरधनी आफैँले अतिक्रमित संरचना भत्काउन थाले

२२ बिहिबार , कार्तिक २०८१२ महिना अगाडि

घरधनी आफैँले अतिक्रमित संरचना भत्काउन थाले

भरतपुर महानगरपालिकाको पुङ्गी खोला किनारमा रहेको अतिक्रमित संरचना घरधनी आफैँले भत्काउन सुरु गरेका छन् । महानगरपालिकाले अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका हुन् ।

महानगरले पुङ्गी खोलाको विकाससंगै सौन्दर्यकरण गर्ने कार्यक्रम ल्याएसंगै नियमविपरीत निर्मित संरचना घरधनीले आफैँ भत्काउन थालेको बताईएको छ । गत असोज २ गते उक्त स्थानमा निर्मित संरचना भत्काउन महानगरपालिकाले डोजर चलाएको थियो ।

भरतपुर महानगरपालिकाको पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैँले भत्काएका हुन् । पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख बजेट समेत विनियोजन भएपछी संरचना भत्काउन लागिएको हो ।

बाइपास सडकदेखि नारायणी नदीसम्म पुङ्गी खोला ६ दशमलव ५ किलोमिटरमध्ये बाइपासबाट लायन्सचोकसम्म ३ किलोमिटर र  त्यहाँबाट नारायणीनदीसम्म सौन्दर्यीकरणको काम गत वर्षदेखि सुरु भएको हो । हाल नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदलमार्गलगायत संरचना निर्माण गरिने बताईएको छ ।