Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आगोले जलेर घाइते भएका राईको मृत्यु

२२ बिहिबार , कार्तिक २०८१एक बर्ष अगाडि

आगोले जलेर घाइते भएका राईको मृत्यु

पाँचथरको फिदिम-२ मा घरमा आगोलागी हुँदा जलेर घाइते भएका ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ । उनको काठमाडौँ स्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कातिक २० गते दिउसो घरमा लागेको आगोबाट सामान जोगाउन खोज्दा राई जलेर घाइते भएका थिए । जलेर गम्भीर घाइते भएका राईलाई २१ गते दिउँसो नेपाली सेनाको हेलिकोप्टर मार्फत कीर्तिपुर ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनको काठमाडौँ स्थित बर्न अस्पतालमा बिहीबार बिहान मृत्यु भएको जनाएको छ । राईको घरमा कातिक २० गते मंगलबार अपराह्न ४ : १५ बजे आगलागी भएको बताईएको छ ।

राईको घरमा आगो सल्किनुको कारण नखुलेको र आगलागिबाट घर र सम्पत्ति सबै जलेको प्रहरीले जनाएको छ ।