Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

आज छठको दोस्रो दिन खरना विधि गरिँदै

२१ बुधबार , कार्तिक २०८१२ महिना अगाडि

आज छठको दोस्रो दिन खरना विधि गरिँदै

आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदैछ । हिँजोदेखि सुरु भएको तराईबासीको महान् चाड छठ पर्व सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा मनाउने गरिन्छ ।

तराई-मधेसमा कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठपर्वले यतिबेला अलग्गै रौनक छाएको छ भने छठपर्व मनाउनेहरु पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त रहेका छन् ।

तराई-मधेसलगायत काठमाडौँ उपत्यकाको नदी, पोखरी, जलाशयहरूलाई दुलही झैं सिंगारिने काम भइरहेको छ । हिँजो छठपर्वको पहिलो दिन नहायखाय विधि सम्पन्न गरिएको थियो । कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन बिहान ब्रतालुहरुले बिहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए ।

छठको पहिलो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुनसमेत नमिसाइएको शुद्ध शाकाहारी भोजन खाने चलन रहेको छ भने आज दोश्रो दिन खरना विधि गरिँदैछ ।