त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । युएईको शारजाहबाट एयर अरेबियाको उडान नम्बर जी ९५३० उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू पक्राउ परेका हुन् ।
भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले उनीहरूलाई निन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको बताईएको छ ।