Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

अमेरिका भन्छ नेपालमा कम्युनिष्ट छैनन्

२० मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

अमेरिका भन्छ
नेपालमा कम्युनिष्ट छैनन्

सगरमाथा चिनाउन यतिको खप्पर बोकेर बृटेन घुम्ने, लुम्बिनीको बोधिबृक्ष काटेर पिर्का बनाउँदै चीन, जापान, बर्मा, कोरियासम्म पु¥याएर डलर आर्जन गर्ने धार्मिक व्यापारीहरू बुद्धलाई लाभ र लालचको साधन बनाइरहेका छन् । मानौं, लुम्बिनीमा बुद्ध जन्मिदिनु भनेको कौडीपिचास, हन्तकालीहरूका लागि भण्डारखालको भण्डारा खुलेजस्तो भएको छ । नेपालमा बौद्ध विश्वविद्यालय स्थापना भइसक्यो। थुप्रै बौद्ध संघ, संस्थाहरू पनि छन् । निर्वाचित राष्ट्रपति छन्, उपराष्ट्रपति छन्, थुप्रै दलहरू छन्, पक्ष–विपक्ष छन्, सरकार पनि छ। सरकारले बृहत्तर लुम्बिनी विकासका लागि मेजर पार्टी एमाओवादीका अध्यक्ष प्रचण्डकै अगुवाईमा समिति पनि बनाएको छ । जुत्तामा बुद्धको तस्वीर राखेर अमेरिका नेपाली आस्थामाथि आक्रमण गर्दै अपहेलना गरिरहेको छ, अहँ सबै मरेतुल्य छन्, कोही प्रतिक्रिया व्यक्त गर्दैनन् ।
नेपालका लागि पूर्व अमेरिकी राजदूत माइकल इ. मिलोनोभ्स्की, जेम्स एफ मोरिआर्टी, स्कट डेलिसी र अलाइना बी टेप्लिजले भनेका थिए– नेपालका कम्युनिष्टसँग कुनै डर मान्नुपर्दैन किनभने नेपालमा असली कम्युनिष्ट नै छैनन् । गठबन्धन सरकारको चर्तिकला देखेपछि अब कसैलाई सोध्नै पर्दैन– हो कि होइन ?