नेपाली कांग्रेसले राजनीतिक भागबण्डामा पाएको पदभाग थियो राष्ट्रपति । यही राष्ट्रपति पदमा नियुक्ती पाए रामचन्द्र पौडेलले ।
रामचन्द्र पौडेल संस्कृत पाठशाला अर्थात भाते पाठशालामा टुप्पी कसेर पढेका बाजे हुन् । तर राष्ट्रपति बनेपछि उनले बाजे मर्यादा भुलेका छन् । लक्ष्मीपूजाका दिन गाईपूजा गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले छालाको जुत्ता लगाएर गाईपूजा गरेका छन् । गाई, भैंसी जुनसुकै जनावरको छाला भए पनि छालाको जुत्ता लगाएर पूजाआजा गर्न बर्जित छ भन्ने पूजाविधि रामचन्द्र पौडेलले बिर्सेकै हुन् त ?