Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

छठपर्वको तयारी सुरु

२० मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

छठपर्वको तयारी सुरु

हर्सोल्लाषका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । मिथिलाञ्चल लगायत तराई/मधेसमा मनाइने याे पर्व अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मनाउन सुरू गरिन्छ ।

मिथिलाञ्चल,तराई/मधेस लगायत काठमाडाैँ उपत्यकामा समेत हर्सोल्लाषपूर्वक मनाइने याे छठपर्वमा पारिवारीक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने गरिन्छ । छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीहरुलाई सजाउने कार्य जारी रहेको छ भने बजारमा पूजा सामग्री किनबेत गर्नेहरुको चहलपहल बढेको छ ।

त्यसैगरि आदिदेव सूर्य भगवानलाई अर्घ्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले श्रृंगारिँदै छ । 

यता छठ पर्वको लागि काठमाडाैँ उपत्यकाकाे विभिन्न पोखरी र बागमती नदी किनारमा छठ घाट बनाइएको छ भने यस वर्षको छठ बिहीबार परेको छ भने चतुर्थीदेखि शुरु हुने पर्व षष्ठीको दिनसम्म मनाइन्छ ।