Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नियम विपरीत काम गर्ने दुइ बैंक कारबाहीमा

२० मंगलबार , कार्तिक २०८१२ बर्ष अगाडि

नियम विपरीत काम गर्ने दुइ बैंक कारबाहीमा

नेपाल राष्ट्र बैंकले दुईवटा बैंकलाई नियम विपरीत काम गरेकाे भन्दै कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत काम गरेकाे भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही गरेकाे हाे ।

नियम विपरीत काम गरेपछि नेपाल राष्ट्र बैंकले एउटा वाणिज्य र एउटा विकास बैंक गरी दुईवटा संस्थालाई कारबाही गरिएको जनाएको छ । पहिलो त्रैमासमा राष्ट्र बैंकले खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही स्वरूप सचेत गराएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार उक्त बैंकलाई कारबाही गरेकाे बताइएकाे छ ।

त्यसैगरि मितेरी डेभलपमेन्ट बैंकले ०८१ असार महिनामा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नम्बर १५ को बुँदा नम्बर (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था पालना नगरेकाले कारबाही गरेकाे बताएकाे छ ।

राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं १५ को बुँदा नम्बर ४ को उप बुँदा नम्बर (३) मा भएको व्यवस्था बमोजिम उक्त बैंकहरूको शाखा बिस्तारमा रोक लगाउने तथा भूकम्प पीडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने गरि कारबाही गरेकाे जनाएको छ ।