Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

पोखरीमा कारसहित डुबेका दुई जनाको शव निकालियाे

२० मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

पोखरीमा कारसहित डुबेका दुई जनाको शव निकालियाे

सर्लाही जिल्लाकाे ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा अाज बिहान कारसहित डुबेका दुई जनाको शव निकालिएको छ । कारसहित डुबेका दुई जनाको शव सशस्त्र प्रहरीका गोताखोर टाेलीले निकालेका हुन् ।

बिहान सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई मियाँखोरस्थित पोखरीमा डुबेको थियो । उक्त कारमा सवार गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव निकालिएको हो ।

दुर्घटनाग्रस्त कारमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर-२ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव पाेखरीबाट पाैडिएर सकुशल निस्किएका थिए । 

अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर टाेलीले शव निकालेर पोखरीमा डुबेको कार निकाल्ने प्रयास गरिरहेकाे प्रहरीले बताएकाे छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।