Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

तीन दिनपछि हुम्लामा हवाई उडान पुनः सुरु

२० मंगलबार , कार्तिक २०८१एक बर्ष अगाडि

तीन दिनपछि हुम्लामा हवाई उडान पुनः सुरु

तिहारकाे लक्ष्मी पूजाका दिनदेखि बन्द भएकाे हुम्लाको सिमकोट विमानस्थलमा पुनः हवाई उडान सुरु भएको छ । यसअघि मौसम सफा भए पनि हवाई उडान हुन नसकेको उक्त विमानस्थलमा 
तीन दिनपछि पुनः हवाई उडान सुरु भएको हाे ।

नेपालगञ्जदेखि उडान भर्दै आएकाे उक्त विमानस्थलमा सोमबार तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका थिए । नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक-एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ ।

साेमबार उडान भरेका दुवै एयरलाइन्सले नेपालगञ्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेकाे बताइएकाे छ । सीता र समिट एयरले तीन दिनदेखि उडान भर्न सकेको छैनन् भने नेपालगञ्जदेखि उडान भर्दै आएका जहाजले आफ्नो तालिकाअनुसार हुम्लामा उडान भर्दै आएका छन् ।