दशैं र तिहारमा रौतहटलगायतका तराईका केही ठाउँमा सामाजिक र राष्ट्रिय सद्भाव बिथोल्ने प्रयास देखियो । हिन्दूचाड मान्दैनौं भनेर जुलुस नै निकालियो, रौतहटमा त राष्ट्रिय झण्डाको रङ् नै हरियो बनाएर अपमान गरियो । यथार्थमा यी दुबै प्रयास नेपाली सदभाव र राष्ट्रियतामा चोट पु¥याउन गरिएको थियो ।
यस्ता कुनै पनि प्रयास अस्वीकार्य छन् । जनताले खासै चासो पनि दिएनन् । तर दुस्साहस गर्नेले गरे, दुर्भाव छर्ने प्रयास गरेकै हुन् । यस्ता कार्यहरूप्रति राज्य संवेदनशील हुनुपर्छ । सद्भाव बिथोल्ने कुनै पनि कार्यलाई छुट दिनुहुन्न । राजनीतिक आस्था आफ्नो ठाउँमा छ, राजनीतिलाई सामाजिक, धार्मिक, सांस्कृतिक आस्थामा चोट पु¥याउने साधन बनाउने छुट कसैलाई पनि छैन । सामाजिक सद्भाव र राष्ट्रियताप्रतिको समभाव सबैको सामुहिक कर्तव्य हो भन्ने बुझ्नु जरूरी छ ।