Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाबुराम मोटर मोडेल, ओली जहाज मोडेल

०८ सोमबार , चैत्र २०७२९ बर्ष अगाडि

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई गोल्छाले मुस्ताङम्याक्स गाडीको ब्राण्ड एम्बेसेडर बनाएर सरकारलाई खुब गाडी बेचेर नाफा कमायो। अहिले हिमालयन एयरलाइन्सले पहिलो उडानमा प्रधानमन्त्री बोकेर केपी ओलीलाई ब्राण्ड एम्बेसेडर मोडल बनाइदिएको छ। ओली हिमालयन एयरलाइन्सको भर्खर आएको जहाजमा चढेर साताव्यापी चीन भ्रमणमा हिडेका छन्। एयरलाइन्सका आङछिरिङ भन्छन्– हामीले प्रधानमन्त्रीलाइ निशुल्क जहाज उपलव्ध गराएका हौं। मुनाफाखोर व्यापारीले हवाई जहाज नै निशुल्क उपलव्ध गराउने कुरा पत्याउन सकिन्न। सिधा दिएर घुमाएर अशूल गर्ने बानी हुन्छ व्यापारीको। त्यसमाथि निजी कम्पनीको जहाज चढेर देशका प्रधानमन्त्री विदेश सयरमा जान मिल्ला, राष्ट्रियस्तरको भ्रमणमा जान कसरी मिल्छ?

 देशका प्रधानमन्त्रीले राष्ट्रिय ध्वजाबाहक विमानलाई यसरी अपमान गर्न मिल्छ कि मिल्दैन? भारत भ्रमणमा जाँदा जसरी निर्देशिकाअनुसार २२ जनामात्र लानुपर्नेमा उल्लंघन गरिएको थियो, अहिले चीन जाँदा ९० जनाको जन्ती बोकेर गएका छन्। परराष्ट्र मन्त्रालय भन्छ– कुनै भूमिका नै नभएका व्यक्तिहरु पनि  भ्रमण दलमा छन्, यो राजनीतिक ज्यादतिभन्दा केही पनि होइन। स्मरणीय छ, चीनका समकक्षाी ली छ्याङले कस्तो कत्रो विमान पठाउँ भन्दा जवाफ नदिएका प्रधानमन्त्री ओलीको भित्री चासो हिमालयन एयर नै थियो। किन? भन्ने प्रश्नमा एक विज्ञले बताए– हिमालयन एयरका अध्इक्ष चिनियाँ नागरिक चेङ हुई भए पनि नेपाली बोर्ड अध्यक्ष आङछिरिङ हुन् र यो एयरलाइन्समा एमालेका नेताहरुको मेजर सेयर रहेको छ। एमालेकै प्रभाव र दबाबमा प्रधानमन्त्री केपी ओलीले सुरक्षाघेरा नाघेर निजी विमानमा चीन गएका हुन्।\ओली यही विमानमा फर्कने छन् र त्यसपछि हिमालयन अर्थात एमाले एयरलाइन्सले दोहा, नयाँदिल्ली, ल्हासा र छेङ्दु र बेइजिङ उडान भर्ने योजना बनाएको छ। तैयारी भइसकेको छ।

 प्रधानमन्त्री ओलीले निजी कम्पनीको विमान प्रयोग गरेपछि एमाले र त्यो कम्पनीको सम्बन्धका विषयमा समेत विशेष चासो बढेको छ।