Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

१९ सोमबार , कार्तिक २०८१एक बर्ष अगाडि

आज एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसममा परिवर्तन आएको छ । आंशिक प्रभावका कारण  अहिले पहाडी भू-भागमा मौसम बदली हुनुका साथै अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।

त्यसैगरी आज पहाडी भू-भागमा बदली हुनेछ भने बागमती र गण्डकीलगायत पहाडी भू-भाग तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान, बाँकी पहाडी भू-भागका थोरै तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।