Advertisement Banner
Advertisement Banner

२८ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डेडिकेटेड र ट्रंकलाइन महशुल उठाउन आयोगको निर्देशन

१५ बिहिबार , कार्तिक २०८११३ दिन अगाडि

डेडिकेटेड र ट्रंकलाइन महशुल उठाउन आयोगको निर्देशन

नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी महशुल उठाउन विद्युत् नियमन आयोगले निर्देशन दिएको छ । आयोगले प्राधिकरणलाई पत्राचार गर्दै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महशुल असुल गर्न निर्देशन दिएको हो ।  

प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महशुल नबुझाएर लाइन काटेको भएपनि ग्राहकले महशुल बुझाएपछि तत्कालै लाइन जोडिदिनसमेत आयोगले आग्रह गरेको छ । यसअघि महशुल नबुझाएको भन्दै प्राधिकरणले कात्तिक ८ गते ३९ वटा उद्योग प्रतिष्ठानको लाइन काटेको थियो ।  

प्राधिकरणले लाइन काटेको मध्ये १४ वटा उद्योगले किस्ताबन्दीमा महशुल बुझाउन निवेदन दिएका छन् भने केही बक्यौता रकमसहित निवेदन दिएका उद्योग प्रतिष्ठानको लाइन तत्कालै प्राधिकरणले जोडिदिएको बताईएको छ ।

यसअघि प्राधिकरणले २८ किस्तामा महशुल तिर्न सकिने बताउँदै आएकोमा महशुल उठाउने सम्बन्धमा थप केही लचिलो हुँदै ५६ किस्तामा तिर्न सकिने व्यवस्था गरेको बताइएको छ । महशुल सङ्कलन नियमावलीमा केही संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।