बेल्जियमका लागि सेवा लम्साल राजदूत अनुमोदन भएकी छन् । परराष्ट्र मन्त्रालयकी सचिव लम्साललाई आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वसम्मत बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो ।
यसअघि भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले लम्साललाई राजदूत सिफारिस गरेको थियो । उनलाई मन्त्रिपरिषदले सिफारिस गरेपछि समितिको बैठकले अनुमोदन गर्ने वा नगर्ने विषयमा सुनुवाइ गरेकोमा उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो ।
संसदीय सुनुवाइ समितिको बैठकले लम्साल राजदूत अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूतनियुक्त गर्नेछन् ।