Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

साफ च्याम्पियनसिप फाईनल खेलमा नेपाल र बंगलादेश भिड्दै

१४ बुधबार , कार्तिक २०८१७ महिना अगाडि

साफ च्याम्पियनसिप फाईनल खेलमा नेपाल र बंगलादेश भिड्दै

नेपालको दशरथरंगशालामा संचालन भईरहेको साफ महिला च्याम्पियनसिपको नेपाल-बंगलादेशबीचको फाईनल खेल हेर्न टिकट काट्नेको भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाईन टिकट बन्द गरेपछि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट काट्नेको भिड लागेको हो ।

एन्फाले बिहान ८ बजेदेखि उक्त तीन स्थानबाट टिकट वितरण सुरु गरेको छ । यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्री जिम्मा एक कम्पनीलाई दिएकोमा नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैले टिकट बेच्न लागेको हो ।    

आजको फाईनल खेल हेर्नका लागि एक जनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । आजको साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला जाने उनको निजी सचिवालयले जनाएको छ ।

यसअघि सन् २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो भने यसपटक बंगलादेशविरुद्ध जित निकालेर उपाधि जित्ने तयारीका साथ नेपाल मैदानमा प्रवेश गर्न लागेको हो । नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ ६ : ३० बजेदेखि सुरु हुनेछ । तर, दर्शकलाई एन्फाले साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न आग्रह गरेको बताईएको छ ।