Advertisement Banner
Advertisement Banner

१३ शनिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

त्रिवेणी साहित्य मञ्चले देउसी भैलो सहित ११६ औं लक्ष्मी जयन्ती मनायो

१३ मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

त्रिवेणी साहित्य मञ्चले देउसी भैलो सहित ११६ औं लक्ष्मी जयन्ती मनायो

ह्यारिसबर्ग, पेनसिल्भेनिया – त्रिवेणी साहित्य मञ्च, पेन्सलभेनियाको आयोजनामा २०८१ सालको देउसी भैलो कार्यक्रम ह्यारिसबर्ग स्थित हिमालयन तेक्वान्दोको भवन  भव्य रुपमा सम्पन्न भएको छ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गर्दै ११६ औं लक्ष्मी जयन्ती सम्पन्न भएको हो । 

मञ्चका सल्लाहकार बिस्नु लुइँटेलले लक्ष्मीप्रसाद देवकोटाको जिवनी पढेर सुनाएका थिए । कार्यक्रममा सामुहिक देउसी भैलो, रचना  वाचन, नृत्य तथा साङ्गितिक प्रस्तुति भएको थियो । नेपाली कला, संस्कृति र परम्परालाई जीवित राख्न यस प्रकारका कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेलिरहेको कुरा सहभागीहरुले बताए ।

विशेष गरी देउसी भैलो खेल्ने परम्परालाई विदेशमा पनि निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न नेपाली र अन्य समुदायका सदस्यहरुले सहभागीता जनाएका थिए । उपस्थित सबैले रमाइलोका साथ नेपाली सांस्कृतिक धरोहरको अनुभव साटासाट समेत गरेका थिए ।

यसै अवसरमा त्रिवेणी साहित्य मञ्चले लेन्कास्टरमा औपचारिक रूपमा शाखा विस्तार गरेको छ । समाजसेवी तथा साहित्य सर्जक ओम घिमिरे र दिपेस चापागाईंलाई शाखा प्रमुखको रूपमा मञ्चका अध्यक्ष केशव बैरागी माइलाले घोषणा गरेका छन्  । उनीहरु दुबै जानालाई केन्द्रिय सदस्य रहेको समेत जानकारी गराइएको छ । ओम घिमिरेले ल्यानकास्टरमा साहित्यिक गतिविधि संचालन गर्न धेरै अघि देखि एउटा  साहित्यिक संस्थाको आवश्यक रहेको र त्रिवेणी साहित्य मञ्चले शाखा विस्तार गर्दा ल्यान्कास्टर बासीलाई राहत पुगेको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रम संयोजक प्रेम घिमिरे, बिष्णु लुइँटेलको लगायतका कार्यकर्ताको सक्रियतामा  कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई मञ्चका सचिव नाराद आचार्य सुदामाले संचालन गरेका थिए । मञ्च कै उपाध्यक्ष प्रेम घिमिरेले स्वागत मन्तव्य दिएका थिए भने  लेकास्टर पिएबाट प्रस्तुत गरिएको स्वागत नृत्यले  कार्यक्रम अझ रोचक बनाएको थियो ।

यस किसिमका कार्यक्रमले नेपाली समुदायलाई एक आपसमा नजिक ल्याउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । हिमालयन तेक्वान्दो कि प्रशिक्षक पुनम शर्माले हिमालयन तेक्वान्दोको तर्फबाट सबैलाई  शुभकामना सन्देश दिएकी थिइन् । प्रमुख अतिथी प. हरि फुएलले तिहारको धार्मिक र सामाजिक महत्त्वलाई जोड दिदै तिहारको  शुभकामना दिएका थिए ।

बिशेष अतिथि बिनय लुइँटेलले नेपाली र अंग्रेज़ी भाषामा स्थानीय जन प्रतिनिधिहरुलाई तिहारको महत्त्वबारे जानकारी दिएका थिए ।   जेनेल स्टिलसन , किम प्याटि , डेभ मेडसनले आफुहरु यस किसिमको कार्यक्रम उपस्थित हुन पाउदा खुसी लागेको कुरा व्यक्त गर्दै सबैलाई तिहारको शुभकामना दिएका थिए ।  ओम घिमिरे , नकुल शर्मा,  ओम भट्टराई उपस्थिति उक्त कार्यक्रमले युवा जमातमा अझै नेपाली पन, नेपाली संस्कृति बचेको रहेछ भन्ने प्रमाण पेश गर्न सफल भएको थियो ।

कार्यक्रमलाई समापन गर्ने क्रममा मञ्चका अध्यक्षले नेपाली पठनपाठनका  कक्षा संचालन गर्ने योजना बनिरहेको जानकारी दिंदै उद्घोषण तालीम चाडैं गराउने र दिनको एउटा कथा संग्रह तयारी हुँदै गरेको जानकारी गराएका थिए । साथै, नेपालीहरु दोश्रो ठूलो चाड तिहारको शुभकामना दिदै कार्यक्रम  समापन गरेका थिए ।