नेपाली दूतावास जापानले जापानको विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ । जापानको टोकियोस्थित नेपाली दूतावासले नोभेम्बरमा विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्न लागेकाे हाे ।
घुम्ती सेवामा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न लागेको दूतावासले जनाएको छ । घुम्ती सेवा सिजुओका, सेन्डाइ र नागोयामा सञ्चालन हुने बताइएकाे छ । त्यस्तै दूतावासले सिजुओकामा नोभेम्बर ९ र १० मा बिहान १० देखि ५ बजेसम्म शिविर सञ्चालन गर्ने छ भने नागोयामा ११, १२ र १३ शिविर सञ्चालन गरिने जनाएको छ ।
घुम्ती सेवा अन्तर्गत सेन्डाइमा १४ र १५ तारिखमा शिविर सञ्चालन हुनेछ भने यहाँको शिविरबाट फुकुसिमा प्रान्तमा रहेका नेपालीले समेत सेवा लिन सक्ने बताइएकाे छ ।