यसवर्षकाे तिहार (धततेरस)लाई लक्षित गर्दै चाँदीको सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । नेपाल राष्ट्र बैकले धततेरसलाई लक्षित गर्दै चाँदीको सिक्का (मेडालियन) बिक्री सुरु गरेको हाे ।
नेपाल राष्ट्र बैकले धततेरस लक्षित लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री सुरु गरेको बताइएकाे छ । हाल १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीको सिक्का बिक्री भइरहेको छ भने १० ग्रामको चाँदी सिक्काको भाउ २ हजार २ सय रुपैयाँ, २५ ग्रामको ५ हजार ५ र ३५ ग्रामका ८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका अनुसार लक्ष्मी, गणेश र गजलक्ष्मी अंकित मेडालियन १० ग्रामको रहेको छ । त्यस्तै गाई अंकित मेडालियन २५ ग्रामको रहेाे छ । यसपालि सुनका असर्फी अभाव भएकाले १३ कात्तिकका दिन मात्रै बिक्री गर्न लागिएको पनि राष्ट्र बैंक टक्सार महाशाखाले जनाएकाे छ ।