नेपाल साफ वुमन्स च्याम्पियनसिप २०२४ काे फाइनलमा प्रवेश गरेकाे छ । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिपकाे सेमीफाइनलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको हाे भने नेपाल फाइनल प्रवेश गरेसँगै फाइनलमा बंगलादेशसँग् भिड्ने छ ।
आईतबार सेमिफाईनल खेलमा नेपाल र बंगलादेशले जित निकाल्दै फाईनल प्रवेश गरेका हुन् । यसअघि २०२२ मा काठमाडौं मै सम्पन्न साफ च्याम्पियनसिपमा पनि नेपाल र बंगलादेश भिडेका थिए । उक्त खेलमा नेपाललाई हराएर बंगलादेशले फाइनल जितेकाे थियो ।
याे सातौं संस्करणको च्याम्पियनसिप सेमिफाईफाईनलमा साविक विजेता बंगलादेशले भुटानलाई ७-१ ले हराएर फाईनफमा स्थान बनाएको छ भने घरेलु टोली नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै फाईनल प्रवेश गरेकाे हो ।
साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपाल समग्रमा छैटौं पटक र बंगलादेश तेस्रो पटक फाइनल पुगेको हो । फाइनल खेल कातिक १४ गते बुधबार हुनेछ भने लगातार तेस्रो पटक घरेलु मैदानमा साफ वुमन्स च्याम्पियनसिप खेलिरहेको नेपाली टोली यस पटक च्याम्पियन बन्ने लक्ष्यका साथ खेलिरहेकाे छ ।