Advertisement Banner
Advertisement Banner

११ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

निरौला हत्या प्रकरणः दोषीलाई कारबाही गर्न माग

११ आइतबार , कार्तिक २०८१२ बर्ष अगाडि

निरौला हत्या प्रकरणः दोषीलाई कारबाही गर्न माग

झापाको दमक नगरपालिका–९, का देशु भनिने यामु निरौलाको हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न स्थानीय राजनीतिक दलहरुले प्रहरीसँग माग गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, जसपालगायत दमक नगरका नेतृत्वले निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका हुन् ।

उनीहरुले अलग–अलग विज्ञप्ति निकालेर घटनाको सुक्ष्म अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय, झापाको ध्यानाकर्षण गराएका छन् । घटना अत्यन्तै गम्भीर प्रकृतिको रहेको भन्दै दलहरुले दोषीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।

गत कात्तिक ६ गते दमक–३, स्थित मावा पुलनजिकै दिनदहाडै जग्गा उपयोगको विषयलाई लिएर दुई पक्षबीच चर्काचर्कीसहित कुटपिट र ढुंगा प्रहार हुँदा निरौलाको ज्यान गएको थियो ।

घटना भएको करिब एक साता हुन लाग्दासमेत प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ पनि नगरेको भन्दै मृतक निरौलाका परिवार तथा आफन्त निरन्तर प्रदर्शनमा छन् । उनीहरुले शनिबार इलाका प्रहरी कार्यालय दमकको गेटमै दायर बालेर विरोध समेत जनाएका थिए ।