Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी

११ आइतबार , कार्तिक २०८१एक बर्ष अगाडि

जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी

जङ्गली च्याउ खाँदा एउटै परिवारका ५ जना बिरामी परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)काे देवचुली–२ दुम्कौलीमा शनिबार साँझ जङ्गली च्याउ खाँदा एउटै परिवारका ५ जना बिरामी परेका हुन् ।

जङ्गली च्याउ खाँदा बिरामी पर्नेहरूमा दुम्कौलीकी २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी, ९ वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी रहेका छन् ।

हाल बिरामीको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेशी शाहले जानकारी दिएका छन् ।अहिले उनिहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएकाे छ ।