Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अवैध १४ किलो चाँदीसहित दुई जना पक्राउ

०९ शुक्रबार , कार्तिक २०८१एक बर्ष अगाडि

अवैध १४ किलो चाँदीसहित दुई जना पक्राउ

प्रहरीले १४ किलो अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । बाराको प्रसौनी गाउँपालिका-६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका-८ का २७ वर्षीय सुरेश महतो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराले सोनारबाट ९ र महतोबाट ५ किलो गरि १४ किलो चाँदी बरामद गरेको हो । पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेका उनीहरूलाई प्रहरीले अमलेखगन्जबाट पक्राउ गरेको बताईएको छ ।

प्रहरीले सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको बेला चाँदीसहित पक्राउ गरेको थियो भने महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलबाट चाँदीसहित पक्राउ गरिएको बताईएको छ ।