Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बक्यौता नबुझाउने ४३ उद्योगको विद्युत् लाइन काटियो

०९ शुक्रबार , कार्तिक २०८१एक बर्ष अगाडि

बक्यौता नबुझाउने ४३ उद्योगको विद्युत् लाइन काटियो

विद्युत् महसुल बापतको बक्यौता नबुझाउने ४३ उद्योगको विद्युत् लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइन बापतको विद्युतको बक्यौता नबुझाएका ४३ उद्योगको लाइन काटेको हो ।  

प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको विद्युत् लाइन काटेको छ । त्यसैगरी भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योगलगायतको पनि विद्युत् लाईन काटिएको बताईएको छ ।

यसअघि प्राधिकरणले गत असोज २४ गते सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन बापतको बक्यौता बुझाउन ताकेता गर्दै कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो । जसअनुसार बिहीबार मात्रै पाँच उद्योगले बक्यौता बापतको महसुल बुझाएको  प्राधिकरणले जनाएको छ ।