बागमती प्रदेश अन्तर्गतका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट छनोट भएको छ । आर्थिक वर्ष २०८०/८१ को बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सम्पादित स्वास्थ्य कार्यालयहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा अनुसार भक्तपुर अस्पताल उत्कृष्ट छनोट भएको हो ।
यस वर्षको उत्कृष्ट भक्तपुर अस्पताललाई प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालले जानकारी गराएको छ । यसअघि पनि भक्तपुर अस्पतालले उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो ।
उत्कृष्ट छनोट भएको भक्तपुर अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने अस्पताल निर्देशक डा.सुमित्रा गौतमले जानकारी दिएकि छन् ।