Advertisement Banner
Advertisement Banner

१४ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि विश्व बैंककाे सहयाेग

०८ बिहिबार , कार्तिक २०८१२ महिना अगाडि

प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि विश्व बैंककाे सहयाेग

नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच वासिङ्टनमा भएको भेटमा सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएसंगै विश्व बैंकले सहयोग गर्ने भएको हाे ।

विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि १५ करोड डलर सहयोग गर्ने भएको हाे । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच बुधवार वासिङ्टनमा हस्ताक्षर भएको थियाे ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका थिए । त्यस्तै नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिन वासिङ्टनमा पुगेका अर्थमन्त्री पौडेलले र उपाध्यक्ष रेजरसँगकाे भेटमा  ​नेपालमा रोजगारी सृजना गर्ने विषयमा वार्ता गरेको र साे क्रममा नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएकाे बताइएकाे छ ।