गएकाे असाेज १२ गतेकाे बाढी पहिराेका कारण अवरूद्ध बीपी राजमार्ग पुर्ण रूपमा खुलेकाे छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार सडक पुर्ण रूपमा खुलेकाले २४ सै घण्टा यातायात सञ्चालन गर्न मिल्ने भएकाे छ ।
उक्त सडक बाढी पहिराेका कारण अवरूद्ध भएपछि नयाँ ट्र्याक खोलिएको ठाउँमा मर्मत कार्य चलिरहेकोले असोज ३० गते साँझ ६ देखि बिहान ४ बजेसम्म सडक बन्द गरिएको थियो । अहिले सडक मर्मत पछि यातयात पुर्ण रूपमा सञ्चालनमा आएको हाे ।
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढीपहिरोले भकुण्डेबेसी-बर्षेखोला खण्डको ८ किलोमिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षेति भएकाे उक्त राजमार्गमा जोखिम रहेपनि साे स्थानमा नयाँ ट्र्याक बनाएर यात्रुवाहक सवारी साधनका लागि मात्र आवागमन खुलाइएको डिभिजन कार्यालय भक्तपुरले जनाएकाे छ ।