Advertisement Banner
Advertisement Banner

१५ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

महानगरमा करारको कर्मचारी माग

०७ बुधबार , कार्तिक २०८१२ महिना अगाडि

महानगरमा करारको कर्मचारी माग

काठमाडौँ महानगरपालिकाले विभिन्न पदमा करार कर्मचारी माग गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै स्वास्थ्य तर्फका विभिन्न पदका लागि १ सय ८ जना कर्मचारी माग गरेको हो ।

काठमाडौँ महानगरले लोक सेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि मात्रै करारमा काम गर्ने गरी कर्मचारी माग गरेको बताएको छ । महानगरको सुचना अनुसार आठौं तहको मेडिकल अधिकृत ४ जना, पाँचौं तहको ल्याब टेक्निसियन २९ जना, पाँचौं तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौं तहको स्टाफ नर्स ५ जना मागेको हो ।

त्यसैगरी फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १/१ जनाका साथै श्रेणीविहीन २६ जना कार्यालय सहयोगी माग गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने बताईएको छ ।