Advertisement Banner
Advertisement Banner

१५ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

निर्माणाधीन १४ पुल यसै महिना सञ्चालनमा आउने

०६ मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

निर्माणाधीन १४ पुल यसै महिना सञ्चालनमा आउने

नारायणगढ-मुग्लिन सडक खण्डको निर्माणाधीन १४ पुल कातिक महिना भित्र सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न दुई महिना लाग्ने भएता पनि अरु १४  पुल यसै कातिक मसान्त भित्र सञ्चालनमा ल्याइने भएको हो ।

मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि नै सञ्चालनमा आएको थियो भने नाम्चे र तुइनखोला पुल कात्तिक मसान्तसम्ममा सञ्चालनमा आउनेगरी काम भइरहेको बताईएको छ । ती दुवै पुलको कालोपत्रको अन्तिम काम र रङ्गरोगनका काम मात्र बाँकी रहेको छ ।

यसअघि दशैँ बिदामा कामदार घर गएकाले केही ढिला भएपनि कातिक मसान्तसम्ममा काम सकिने र पहरो काटेर निर्माण भइरहेको खहरे खोलाको पुलमा पहुँच सडकका लागि धेरै तलबाट पर्खाल लगाउनुपर्ने भएकाले थप दुई महिना लाग्ने उक्त सडक खण्डका इन्जिनियर कृष्ण आचार्यले बताएका छन् । उनले उक्त सडक खण्डको १९ वटै पुल पुस मसान्तसम्ममा नयाँ निर्माण सम्पन्न हुने जानकारी दिएका छन् ।

उक्त सडकको १९ वटा पुल मध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि ४ नयाँ पुल विश्व बैङ्कको सहयोगमा निर्माण गरिसकिएको छ भने सडक चौडा भएपछि पुलको काम थालिएको हो । हाल सडकलाई ९ देखि ११ मिटर र पुल ११ मिटर  फराकिलो बनाइएको छ ।

पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले २०७६ को चैतमा १ अर्ब २७ करोडको लागतमा ठेक्का सम्झौता गरेको थियो । ३ वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो । यसअघि वर्षमा पहिरोका कारण धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै यात्रीहरुलाई केहि सहज भएको बताईएको छ ।