Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राष्ट्रिय परिचयपत्र नागरिक एपबाट हेर्ने मिल्ने

०६ मंगलबार , कार्तिक २०८१एक बर्ष अगाडि

राष्ट्रिय परिचयपत्र नागरिक एपबाट हेर्ने मिल्ने

सरकारले राष्ट्रिय परिचयपत्र नागरिक एपबाट हेर्ने व्यवस्था मिलाउन स्वीकृति दिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत आएको प्रस्तावलाई गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेपछि मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तर आबद्धता कायम गर्न स्वीकृति प्रदान गरेको हो ।

पञ्जीकरणका विभागका अनुसार सरकारले स्वीकृति प्रदान गरे पनि अहिलेसम्म उक्त निर्णय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका विभागमा आइनसकेको जनाइएको छ । उक्त निर्णय आइसकेपछि विभागले राष्ट्रिय परिचयपत्रलाई नागरिक एपमा देखाउने व्यवस्था गर्नका लागि प्राविधिक पाटोको काम अघि बढाउने बताएको छ ।

विभागले आफ्नो व्यवस्थापनको पाटो पुरा गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि विभागले राष्ट्रिय परिचयपत्रलाई पनि नागरिक एपमा देखिने व्यवस्था मिलाउने छ ।