नेपाल विश्वशक्तिको खेलमैदान बनिसकेको छ । भूराजनीतिको भूमरीमा परेकै कारण परिवर्तनको आँधी पसेको हो । विश्वशक्तिको स्वार्थ धरापमा पर्न लागेपछि नेता खोरमा जाकिने क्रम बढेको छ । जनतामारा, देशघातक, भ्रष्ट र मृत्युदण्डका भागिदारहरू सत्तामा तरङ्गित भइरहेका बेला यस्तो दृश्य देखिनुले यो सत्ता, यो व्यवस्था, यो संविधान कमजोर भइसकेको पुष्टि हुन्छ । भ्रष्टाचारको पोखरीमा तैरिरहेको यो ब्यवस्था पतनको अवस्थामा छ । अब नयाँनयाँ दृश्यहरू एकपछि अर्को देखिनेछन् ।
सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रहरी खोरमा पुगेका हुन् । जिल्ला अदालत पोखराले रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको र इजलासबाट कार्तिक ४ गते ६ दिन थुनामा राख्न अनुमति दिएको छ । सत्तारूढका ठगहरूले उन्मुक्ति पाउने, प्रतिपक्षीलाई कठालो समातर थुन्नुले जनता झन झन आक्रोसित छन् ।