Advertisement Banner
Advertisement Banner

११ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

०५ सोमबार , कार्तिक २०८१२ बर्ष अगाडि

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । बोर्डले आज सूचना जारी गर्दै शैक्षिक सत्र २०८१/०८२ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई रजिस्ट्रेसन फाराम भर्न आह्वान गरेको हो ।

बोर्डका अनुसार रजिस्ट्रेसन आवेदन फारामबापत प्रतिविद्यार्थी चार सय रुपैयाँका दरले यही कात्तिक १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने छ ।

सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीको हकमा कात्तिक ३० गतेभित्र विलम्ब शुल्क आठ सय रुपैयाँका दरले रकम जम्मा गर्नुपर्ने जनाइएको छ ।

त्यस्तै, सम्बन्धित विद्यालयले मंसिर ७ गतेभित्र कुनै पनि विद्यार्थीको रजिस्ट्रेसन फाराम नछुट्ने गरी बैंक भौचर र रजिस्ट्रेसन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने छ ।

बोर्डले पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम १.६ जीपीए (डी प्लस) प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने हुँदा सोहीबमोजिम भर्ना आधारलाई पालना गरी रजिस्ट्रेसन फाराम भर्न पनि आग्रह गरेको छ ।