Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पार्किङ्ग गरी राखिएको ईभी कारमा आगलागी

०५ सोमबार , कार्तिक २०८१एक बर्ष अगाडि

पार्किङ्ग गरी राखिएको ईभी कारमा आगलागी

काठमाडौंको सितापाइलामा पार्किङ्ग गरी राखिएको विद्युतीय गाडीमा आगलागी भएको छ । आज बिहान सितापाइलास्थित विश्वास घिमिरेले सञ्चालन गरेको स्पोर्टस सर्भिस सेन्टरमा पार्किङ्ग गरी राखिएको ईभी गाडीमा आगलागी भएको हो ।

सेरिस स्कोडा कम्पनीको बा.प्र ०२–०२९ च ५९५० नम्बरको ईभी कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।

कारको ब्याट्री सर्ट भएकाले आगलागी भएको हुनसक्ने प्रहरी अनुमान छ । आगलागी दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिएको छ ।