Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मावि लाइसेन्सको परीक्षा कार्तिक १० गते

०५ सोमबार , कार्तिक २०८१एक बर्ष अगाडि

मावि लाइसेन्सको परीक्षा कार्तिक १० गते

कार्तिक १० गते शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा लिने भएको छ । दिउँसो १ बजेदेखि सञ्चालन हुने र परीक्षाको लागि परीक्षा केन्द्र तोकिएसंगै आयोगले परीक्षा लिन लागेको हो ।

उक्त परीक्षामा ४४ हजार ५ सय १० जना सहभागी हुने आयोगले जनाएको छ । जसमा कोशी प्रदेशबाट ६ हजार ९ सय ७४ जना, मधेश प्रदेशबाट ७ हजार २ सय २२ जना रहेको र त्यसका लागि कोशी प्रदेशको परीक्षा केन्द्र मोरङ र मधेश प्रदेशका लागि परीक्षा केन्द्र धनुषा तोकिएको छ ।

त्यसैगरी बागमती प्रदेश मकवानपुर परीक्षा केन्द्रका लागि ५ हजार परीक्षार्थी छन् भने बागमती प्रदेशकै ललितपुर परीक्षाकेन्द्रका लागि ५ हजार १ सय २५ जना परीक्षार्थी रहेको बताईएको छ । त्यस्तै  गण्डकी प्रदेश कास्की परीक्षा केन्द्रका लागि ३ हजार १ सय जना र लुम्बिनी प्रदेशबाट ६ हजार ८ सय २ जना परीक्षार्थीहरू परिक्षामा सहभागी हुने छन् भने परीक्षा केन्द्र दाङ तोकिएको छ ।

आयोगकाअनुसार कर्णाली प्रदेशको परीक्षा केन्द्र सुर्खेत जिल्लाको लागि ४ हजार ३ सय १२ जना परीक्षार्थीहरू रहेका छन् । सुदूरपश्चिम प्रदेशबाट ५ हजार ९ सय ७५ जना परीक्षार्थीहरू रहेको र त्यसका लागि कैलाली परीक्षा केन्द्र तोकिएको छ । आयोगले गत साउन २६ गते मावि लाइसेन्सको लागि विज्ञापन गरेको थियो ।