Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सहकारीमा छुटेका पीडित बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान

०२ शुक्रबार , कार्तिक २०८१एक बर्ष अगाडि

सहकारीमा छुटेका पीडित बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान

शिवशिखर बहुउद्देश्यीय सहकारीसहित पाँच वटा सहकारीका छुट भएका पीडित बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सूचना जारी गर्दै बचत दाबी पेश गर्न छुट भएका बचतकर्तालाई अन्तिम पन्ध्र दिनको मौका दिएको जानकारी गराएको हो ।

कार्यालयका अनुसार शिवशिखरसहित तुलसी बहुमुखी सहकारी संस्था, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था र हाम्रो नयाँ कृषि सहकारी संस्थाका छुट भएका पीडित बचतकर्ताले मागदाबी पेश गर्न सक्नेछन् ।

यसअघि समितिले पहिलो पटक ३५ दिन र दोस्रो पटक १५ दिन दिई सम्बन्धित सहकारीका बचतकर्तालाई दाबी पेश गर्न समय दिएको थियो । तर, कतिपय बचतकर्ताले आफ्नो दाबी पेश गर्न छुट भएको गुनासो गरेपछि अन्तिम पटक १५ दिनको मौका दिइएको समितिले जनाएको छ ।

सूचनामा उल्लेख छ, ‘आफ्नो दाबी पेश गर्न छुट हुन आएको भनी गुनासो आएकोले पहिले प्रकाशित सूचनाबमोजिम दाबी गरेको बचतकर्ताहरुको दायित्व भुक्तानी भइसकेपछि असुली भै बाँकी हुन आएको रकममा बचतकर्तालाई दामासाहिले वितरण गर्न सकिने गरी अन्तिम १५ दिने छुट दाबीका लागि मौका दिई सूचना प्रकाशित गरिएको छ ।’ बचतकर्तालाई समितिको वेबसाइटमा गई अनलाइन आवेदन समेत पेश गर्न भनिएको छ ।