Advertisement Banner
Advertisement Banner

११ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

हज यात्राका लागि आवेदन दिने म्याद थप

०१ बिहिबार , कार्तिक २०८१२ बर्ष अगाडि

हज यात्राका लागि आवेदन दिने म्याद थप

नेपाल हज समितिले सन् २०२५ को हज यात्राका लागि आवेदन दिने म्याद थप गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै आगामी मंसिर १५ गतेसम्म आवेदन दिने म्याद थप गरिएको जानकारी गराएको हो ।

यसअघि समितिले गत साउन ३० गते सूचना जारी गरेर असोज ३० गतेभित्र आवेदन दिन भनेको थियो । तर, हज यात्राका लागि तोकिएको कोटा हालसम्म पुरा नभएकाले आवेदन गर्न म्याद थप गरिएको समितिको भनाइ छ ।

सूचनामा भनिएको छ, ‘हज गर्न इच्छुक नेपाली इस्लाम धर्मावलम्बीहरुलाई आवेदन दिन मिति २०८१ साउन ३० गतेको सूचनाबमोजिम आह्वान गरिएकोमा आवेदन दिने म्याद यही मिति २०८१ असोज ३० गते समाप्त भएको र साउदी अरब सरकारबाट नेपालका लागि प्राप्त एक हजार दुई सय जनाको कोटा हालसम्म पुरा नभएकाले छुट भएका इच्छुक आवेदकलाई मिति २०८१ मंसिर १५ गतेसम्म आवेदन गर्न म्याद थप गरिएको जानकारी गराइन्छ ।’