Advertisement Banner
Advertisement Banner

११ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

लाइसेन्स नवीकरण नगर्नेसँग स्पष्टीकरण माग

०१ बिहिबार , कार्तिक २०८१२ बर्ष अगाडि

लाइसेन्स नवीकरण नगर्नेसँग स्पष्टीकरण माग

खानी तथा भूगर्भ विभागले खनिज उत्खननका लागि प्राप्त अनुमतिपत्र नवीकरण नगर्नेसँग स्पष्टीकरण मागेको छ । विभागले एक सूचना जारी गर्दै खनिज उत्खनन् र खोजतलास कार्यका लागि प्राप्त अनुमतिपत्र नवीकरण नगर्ने व्यक्ति वा कम्पनीलाई ३५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

विभागले अनुमतिपत्र नवीकरण नगर्नेसँग प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा सोको नियमावली, २०५६ मा खनिज उत्खनन् र खोजतलास अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनीले उक्त ऐनको दफा ७ र नियमावलीको नियम ४२ को व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अनुमतिपत्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ ।

तर, कतिपय व्यक्ति वा कम्पनीले म्याद सकिएपनि अनुमतिपत्र नवीकरण नगरेकोले खानी तथा खनिज पदार्थ ऐन, २०४२ (संशोधनसहित) तथा नियमावली, २०५६ (संशोधनसहित) को म्यादभित्र नवीकरण गराउन नसकेको मनासिब कारणसहित तोकिएको समयभित्र स्पष्टीकरण पेश गर्न भनिएको हो ।