Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने

०१ बिहिबार , कार्तिक २०८१२१ घण्टा अगाडि

मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने

हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ । पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव कात्तिक २ देखि ८ गतेसम्म आयोजना हुने भएको हो ।

परम्परागत संगीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकारमाझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको बताईएको छ । मुस्ताङको मार्फा, थिनी, कागबेनी र जोमसोम लगायतका स्थानमा उक्त महोत्सव आयोजना गरिने छ ।

महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम आयोजना हुनेछ भने काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को संयोजनमा ‘ट्राभलिङ किम्फ’ गरिने आयोजकले जानकारी दिएको छ  ।

एक हप्तासम्म चल्ने उक्त महोत्सवमा थाइल्यान्डबाट डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डबाट इवा वाम्फ्रु एजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जामपेल छेदा, इन्डोनेसियाबाट एमी गोर ताइवानबाट छेङ हान वेनलगायतका अन्तर्राष्ट्रिय चित्रकारले सहभागि जनाउने छन् । 

त्यसैगरी नेपालको तर्फबाट चित्रकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङको सहभागिता जनाउने छन् ।