Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राष्ट्रपति पौडेलद्धारा बडीमालिका मन्दिरको दर्शन

०१ बिहिबार , कार्तिक २०८१एक बर्ष अगाडि

राष्ट्रपति पौडेलद्धारा बडीमालिका मन्दिरको दर्शन

प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको राष्ट्रपति रामचन्द्र पौडेलले दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर-९ स्थित बडीमालिका मन्दिरको दर्शन तथा पूजा अर्चना गरेका हुन् ।

आज बिहान बाजुराको बडीमालिका मन्दिरमा राष्ट्रपति पौडेल र उनको धर्मपत्नी तथा प्रथम महिला सविता पौडेल पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गरेको बताईएको छ । प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरमा पूजा एवं दर्शनका लागि भक्तजन आउने गर्दछन् ।

त्यसैगरी राष्ट्रपति पौडेलले आज त्रिवेणी नगरपालिका वडा नम्बर-७ मा रहेको नाटयेश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सहभागी हुन् राष्ट्रपति पौडेल हिजो अपराह्न सुर्खेत पुगेका थिए ।