Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री उद्धार कोषमा पौने २ अर्ब जम्मा

०१ बिहिबार , कार्तिक २०८१एक दिन अगाडि

प्रधानमन्त्री उद्धार कोषमा पौने २ अर्ब जम्मा

असोज १२ गते परेको अविरल वर्षा पछिको बढी पहिरो पिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै पौने २ अर्ब रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६ सय ३४ रुपैया जम्मा भएको हो ।

प्रधानमन्त्री उद्धार कोषमा असोज ३० गतेसम्म सो रकम दाखिला भएको बताइएको छ । त्यस्तै कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको र जसमा असोज ३० गते विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका थिए ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख तथा राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार ३८ रुपैया राहत कोषमा दाखिला गरेका छन् । कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी र विद्युत् उत्पादन कम्पनीलगायतका रहेका छन् ।