Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आदिनाथको एक महिने मेला सुरु

०१ बिहिबार , कार्तिक २०८१एक दिन अगाडि

आदिनाथको एक महिने मेला सुरु

काठमाडौँको चोभार स्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कोजाग्रत पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिना सञ्चालन हुने उक्त मेला आजदेखि  सुरु भएको हो ।

चोभार डाँडास्थित आदिनाथको मेला भर्न काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजनको भिड लाग्ने गर्दछ भने मेला आज बिहानैदेखि सुरु भएको छ । उक्त मेलामा आदिनाथको भक्तिपूर्वक पूजा आराधना गरेमा निरोगी हुने र छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहेको छ ।  

आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन् भने हिन्दू तथा बौद्ध अनुयायीका निम्ति यो साझा संस्कृतिक धरोहर समेत हो । उक्त मन्दिरमा भाँडावर्तन, गरगहना चढाउने प्रचलन समेत रहेको छ ।  

उक्त मन्दिरको आदिनाथ मेलाका लागि आज बिहानैदेखि भक्तजनले बाजागाजासहित मन्दिरमा भजनकीर्तन सुरु गरेका छन् । काठमाडौँबाट झन्डै ९ किलोमिटर दक्षिणमा अवस्थित उक्त स्थलबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य समेत देखिन्छ ।