Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आजदेखि साफ महिला च्याम्पियनसिप सुरु

०१ बिहिबार , कार्तिक २०८१एक बर्ष अगाडि

आजदेखि साफ महिला च्याम्पियनसिप सुरु

आजदेखि कात्तिक १४ गतेसम्म दक्षिण एसियाली फुटबल महासंघको साफ महिला च्याम्पियनसिप खेल सुरु हुने भएको छ । च्याम्पियनसिप प्रतियोगिता काठमाडौँको दशरथ रङ्गशालामा सुरु हुने भएको हो ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सातौँ संस्करणको महिला च्याम्पियनसिप प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने बताइएको छ ।

जसअनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स समूह ‘बी’ मा परेका छन् ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुने उक्त च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन खेलमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने भोलि शुक्रबार नेपाल भुटानसँग भिड्ने बताईएको छ ।