Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सर्वोच्चका प्रस्तावित न्यायाधीश विरुद्ध दुईवटा उजुरी

३० बुधबार , आश्विन २०८१२ दिन अगाडि

सर्वोच्चका प्रस्तावित न्यायाधीश विरुद्ध दुईवटा उजुरी

सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । निर्धारित समयमा दुईवटा उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी गराएकी हुन् ।

यसअघि असोज १५ गते सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । प्रस्तावित न्यायाधीशद्धय मध्ये निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको बताईएको छ ।

निरौलाविरुद्ध एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको हो । निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ भने अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित रहेको बताईएको छ ।

नेपाल बार एशोसियसनले न्यायाधिश नियुक्ति प्रक्रियालाई लिएर विरोध गर्दै आएको छ भने संविधान र कानुन अनुसार नियुक्ति नभएको भनेर बारले विरोध जनाएको र त्यसैसँग सम्बन्धित रहेर उजुरी परेको हो ।