Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

३० बुधबार , आश्विन २०८१एक बर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

गएराति १२ बजेपछि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पेट्रोल र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर क्रमशः १ र ४ रुपैयाँ बढेको हो ।

नेपाल आयल निगमले दशैंअघि घटाइएको मूल्य आजदेखि बढाइएको हो । यसअघि असोज १४ गतेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्यमा प्रतिलिटर क्रमशः एक रुपैयाँ र दुई रुपैयाँ घटाइएको थियो ।

अहिले पेट्रोलियम पदार्थको मूल्य बढे पनि हवाई इन्धन, खाना पकाउने ग्यास र मट्टीतेलको मूल्य यथावत राखिएको छ । यसअघि हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर छ र वाह्यमा प्रतिहजार लिटरमा ४५ डलर घटाइएको थियो ।

असोज १४ गते निगमले खाना पकाउने ग्यासको मूल्य ४१ रुपैयाँ बढेर आएपनि यथावत राखिएको थियो ।