Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

झापामा श्रीमतीको हत्या श्रीमान पक्राउ

२९ मंगलबार , आश्विन २०८११७ घण्टा अगाडि

झापामा श्रीमतीको हत्या श्रीमान पक्राउ

झापाकाे अर्जुनधारा नगरपालिका-३, दार्जिलिङ डाँडामा श्रीमानले श्रीमतीकाे हत्या गरेका छन् । सामान्य विवाद हुँदा श्रीमान् वीरबहादुर चौहानले आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेको आरोपमा उनका श्रीमान् वीरबहादुर चौहान पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् । हिँजाे दिउँसाे विवाद हुँदा उनले श्रीमतीलाई दाउले घाँटीमा प्रहार गरेकाे र श्रीमतीको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ ।

श्रीमतीको हत्या गरेर वीरबहादुर त्यहाँबाट फरार भएकाे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको टोली खोजीमा लागेकाे थियो । खोजी गर्ने क्रममा उनलाई अर्जुनधारा नगरपालिकाकै जुकेखाडी जंगलमा लुकेर बसेको अवस्थामा हतियारसहित प्रहरीले नियन्त्रणमा लिइएको बताइएकाे । पक्राउ पछि उनलाई इलाका प्रहरी कार्यालय, अनारमनीमा राखेर थप अनुसन्धान थालिएको छ ।