Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

साफ वुमन्समा भाग लिन माल्दिभ्सको टाेलि काठमाडौंमा

२९ मंगलबार , आश्विन २०८१२० घण्टा अगाडि

साफ वुमन्समा भाग लिन माल्दिभ्सको टाेलि काठमाडौंमा

कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भाग लिन माल्दिभ्सको टिम काठमाडौं आइपुगेको छ । च्याम्पियनसिप खेल्न माल्दिभ्सको टिम काठमाडौं आइपुगेको हाे ।  

माल्दिभ्सको टिमलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । यसअघि च्याम्पियनसिप खेल्न पाकिस्तानकाे टाेलि नेपाल आइसकेकाे छ भने माल्दिभ्स नेपाल आइपुग्ने दोस्रो टिम हो ।

च्याम्पियनसिपमा माल्दिभ्स समूह बी मा छ भने यस समूहमा घरेलु टोली नेपालसँगै भुटान र श्रीलंका रहेका छन् । त्यसैगरि समूह ए मा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगै पाँच पटकको च्याम्पियन भारत र श्रीलंका रहेका छन् ।

च्याम्पियनसिपको उद्घाटन खेल बिहीबार भारत र पाकिस्तानबीच हुनेछ भने माल्दिभ्सले आफ्नो पहिलो खेल शुक्रबार श्रीलंकासंग खेल्ने बताइएकाे छ । श्रीलंका, भारत र बंगलादेशको टोली मंगलबार तथा भुटानी टोली बुधबार काठमाडौं आइपुग्ने छन् ।