Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

च्याउटिप्ने नेपालीलाई भारतको गोली

२९ मंगलबार , आश्विन २०८१एक दिन अगाडि

च्याउटिप्ने नेपालीलाई भारतको गोली

आप्mनै खेत नजिक जंगलमा च्याउ टिप्न जाँदा बर्दियाको गुलरिया नगरपालिका–८ आशापुर टोलका बलराम लोध लाई भारतीय वन सुरक्षाकर्मीले गोली ठोकेका छन् ।
अहिले उनलाई गुलरियाबाट नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइदै छ । उनको टाउको, ढाड, हात र खुटटामा १६ वटा छर्रा लागेको छ। उनका अनुसार भागेर ज्यान जोगाइयो । उनको जग्गा नेपाल भारतको सीमावर्ती क्षेत्रमा रहेको ६२ नम्बर पिल्लर नजिकै छ ।
भारतीय जंगली जनावरले बाली नास गर्दा धपाउन जाँदासमेत वन सुरक्षाकर्मीले यातना दिने गरेका छन् । गत असार १ गते गुलरिया नगरपालिका वडा–९ का खगेन्द्र सुनारलाई वन रक्षकले निर्घात पिटेका थए । ५० हजार फिरौती दिने भनेर छाडेका थिए । १७ असार २०७९ मा गुलरिया–३ का हेमराज गोडियालाई पनि वन रक्षकले नेपाली भूमिमै आएर गोली ठोकेका थिए । नेपालीमाथिको थिचोमिचो बारे प्रशासन मौन छ ।