Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

सिमकोट विमानस्थलमा हवाई उडान पुनः सुरु

२८ सोमबार , आश्विन २०८१एक दिन अगाडि

सिमकोट विमानस्थलमा हवाई उडान पुनः सुरु

हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोट विमानस्थलमा यात्रु अभावले हवाई उडान नभएकाेमा आज तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको हाे ।

यसअघि सिमकोट विमानस्थलमा दसैँको अघिल्लो दिन हवाई उडान भएको थियाे भने त्यसकाे तीन दिनपछि आज हवाई उडान पुनः सुरु भएको हाे । सिमकोट विमानस्थलमा तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले जानकारी दिएका छन ।

लामाका अनुसार आज नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको बताइएकाे छ । उक्त एयरलाइन्सहरूले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।

त्यसैगरि भाेलि मङ्गलबारका लागि टिकट बुकिङ भइसकेको र निरन्तर यात्रुकाे चाप बढ्ने बताउँदै लामाले नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप उत्तिकै रहेको बताएका छन् । उक्त विमानस्थलमा सीता एयर र समिट एयरले आज उडान भरेका थिएनन् ।