Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

मनकामना केबलकार तीन दिन बन्द

२८ सोमबार , आश्विन २०८१२ दिन अगाडि

मनकामना केबलकार तीन दिन बन्द

देशकै सबैभन्दा पुराने मनकामना केवलकार तीनदिन बन्द हुने भएकाे छ । भाेलि असाेज २९ गतेदेखि कातिक १ गतेसम्म तीन दिन बन्द हुने भएकाे हाे ।

मनकामना केबलकार मर्मत सम्भारका लागि भाेलि देखि कात्तिक १ गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम सकिएपछि कातिक २ गतेबाट केवलकार नियमित सञ्चालनमा आउने बताइएकाे छ ।

यसअघि पनि असोज २६ र २७ गते दुई दिन केबलकार बन्द गरिएकाे थियो भने असाेज २८ गते एक दिन केबलकार सञ्चालन गरिएको थियाे । वि.सं २०५५ मङ्सिर ८ गतेदेखि प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि केबलकार सञ्चालनमा ल्याइएको थियाे ।